अब निश्चित ठाउँहरुमा मात्र विरोध प्रदर्शन गर्न पाइने

Thanks! Share it with your friends!

You disliked this video. Thanks for the feedback!

Loading...
SEMrush
Added by aravindh060
17 Views
सरकारले वैशाख १६ गतेदेखि लागू हुनेगरी राजधानी उपत्यकासहित देशभरका निश्चित ठाउँहरुमा विरोध प्रदर्शन गर्न रोक लगाएको छ । गृह प्रशासनको यो निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएकालाई धरकपड गरिएको छ भने प्रदर्शनकारीहरुले निर्णय सच्याउन माग गरेका छन् ।
संविधानको धारा १७ उपधारा १ मा कानून बमोजिम बाहेक कुन पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने उल्लेख छ । यस्तै, उपधारा २ ‘क’ मा विचार र अभिव्यक्तिको स्वतन्त्रता उल्लेख छ भने ‘ख’ मा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता संविधानले सुनिश्चित गरेको छ । तर, केही समयअघि प्रदर्शनस्थलको रुपमा परिचित माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने भनी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित ग¥यो । लगत्तै, सरकारले काठमाडौंसहित देशभरका निश्चित ठाउँहरमा विरोध प्रदर्शन गर्न पाइने निर्णय गरेको गरेको छ । सरकारले काठमाडौं जिल्लामा ७ ठाउँमा विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ । खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौरलाई सरकारले विरोध प्रदर्शन गर्नका लागि स्थान तोकेको छ ।

News portal [ http://www.janatasamachar.com ]
Website [ http://janatanetwork.com/ ]
Facebook [ https://www.facebook.com/janatasamachar ]
Twitter [ https://twitter.com/janatasamachar ]
Youtube [ https://www.youtube.com/c/JanataTelevisionn ]

Copyright © 2018 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
Category
News & Politics

Post your comment

Sign in or sign up to post comments.

Comments

Be the first to comment